HOT NEWS

About Us

विविएम बल्र्ड डट टिभी विविएम बल्र्ड अनलाइन टेलिभिजनको अफिसियल वेबसाइट हो । यो नेपाली पत्रकारीताका सिद्धहस्त व्यक्तित्व र गैरआवासीय नेपालीहरूको संयुक्त लगानीमा सञ्चालन हुन लागेको नेपालको अनलाइन पत्रकारीतामा सबैभन्दा ठूलो सञ्जाल भएको एक्सक्लुसिभ अनलाइन टेलिभिजन प्रसारण हो ।

युके को रिडिङ्गमा मुख्य कार्यालय रहेको यस टेलिभिजनले नेपाल, अमेरिका, क्यानडा र बेलायतमा शाखा कार्यालयका साथै नेपालीहरू पुगेका विश्वका ३१ भन्दा बढी देशमा सम्पर्क कार्यालय राखी निकट भविश्यमै प्रसारण आरम्भ गर्ने लक्ष्य राखेको छ । सत्य तथ्य र छिटो-छरितो समाचारका साथै सन्तुलित एवं निष्पक्ष विश्लेषणमार्फत आमजनतामाझ आफ्नो प्रसारण पुर्याउन नेपालकै सबैभन्दा ठूलो अनलाइन सञ्जालको रूपमा विस्तार गर्ने हाम्रो योजना छ । जसका लागि सकेसम्म धेरैभन्दा धेरै स्वदेशी पाठक, दर्शक र सञ्चारकर्मीहरूका साथै विदेशमा बस्ने धेरैभन्दा धेरै नेपालीहरूलाई यस टेलिभिजनको महत्वपूर्ण अंशियारकै रूपमा आत्मसाथ गर्दै अघि बढ्ने कुरामा हामी दृढ संकल्पित छौं । यसका लागि जुनसुकै भाषा, क्षेत्र वा समुदायमा रहने जो सुकै पत्रकार वा गैरपत्रकारले फेला पारेका महत्वपूर्ण र जनचासोका विषयलाई समाचारको रूपमा आमजनता सामु पुर्याउने अनलाइन पत्रकारीताको थालनी गर्ने हाम्रो लक्ष्य छ । विभिन्न जात-जाति भाषा-भाषी र समुदायमा समान भाव राखी द्रुत समाचारका साथै देशमा विद्यमान भ्रष्टाचार, विकृति, विसंगती र अनुशासनहीनताकाविरुद्ध यसले सशक्त रूपमा खबरदारी गर्नेछ ।

हामीले राष्ट्र, राष्ट्रियता र राष्ट्र विकासका निम्ति प्रयासरत व्यक्ति र समुदायलाई त्यस्ता क्षेत्रमा थप उत्प्रेरणा प्रदान गर्ने र खासगरी विदेशमा बस्ने नेपालीहरू त्यसमा पनि मध्यपूर्व क्षेत्रका समस्याहरूका विषयमा दरिलो कलम चलाउँदै नेपाली श्रमिकका समस्या र राज्यले गर्ने सक्ने कुटनीतिक पहलकदमीका विषयलाई प्रसारण गर्ने कुरालाई प्राथामिकतामा राखेका छौं । अनलाइन पत्रकारीता आमजनताकाबीचमा लोकप्रिय तथा समाचारमा सहज पहुँचको माध्यम बन्दैगइरहेको वर्तमान अवस्थामा यस टेलिभिजनमार्फत आवजविहिनहरूका निम्ति आवाज उठाउनु, खराब प्रवृत्तिविरुद्ध अभियान चलाउनु र समुन्नत नेपालका लागि विदेशमा बस्ने नेपालीका समस्याहरूको कुटनीतिक पहलका लागि राज्यलाई दवाव दिने र विदेशमा नेपालीले आर्जन गरेको पैसा रेमिट्यान्समार्फत नेपाल भित्र्याउने र त्यसको सदुपयोगतर्फ उत्प्रेरित गर्ने खालका विषयवस्तुलाई आफ्नो अनलाइन प्रसारणमार्फत प्रकाशन र प्रसारण गर्ने दिशामा सधैं अग्रसर रहनेछ । निष्कर्षमा नेपाल र विश्वभरी छरिएका नेपालीहरूलाई छिटो-छरितो रूपमा सूचना, समाचार र मनोरञ्जन दिनु नै साझा समाचारको मुख्य उद्देश्य रहनेछ । नेपाली अनलाइन पत्रकारीताको लोकप्रियता बढेपनि यसभित्र केही विकृति, विसंगतिहरू उब्जिन थालिसकेको वर्तमान अवस्थामा अनलाइन पत्रकारीतालाई नेपाली पत्रकारीताको सशक्त माध्यमका रूपमा विकास गर्न यसभित्रका विकृति, विसंगतिकाविरुद्ध खरो उत्रने; यसलाई अझै व्यवस्थित, मर्यादित, संयमित एवं अझै उत्तरदायी सञ्चारमाध्यमका रूपमा स्थापित गराउन विभिन्न अनलाइन सञ्चारहरूकाबीच यस टेलिभिजन नेपाली सञ्चारजगतको महत्वपूर्ण र अग्रणी संस्थाको रूपमा स्थापित हुनेछ भन्ने विश्वास लिएका छौं। यसका लागि आमपाठक, दर्शक एंव शुभेच्छुकहरूको सल्लाह, सुझाब र सहयोगको अपेक्षा राखेका छौं ।