काठमाडौं,
गैर आवासीय नेपाली संघ (एनआरएनए ) एसिया प्याशिफिक महिला फोरम संयोजक जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागिरहेको एनआरएनएनएको नवौ विश्व सम्मेलनमा जुनु गुरुङले आइसिसी महिला फोरम संयोजकमा उम्मेदवारी घोषणा गर्नुभएको हो । हाल एसिया प्याशिफिक महिला फोरम संयोजक हुनुहुन्छ ।कोरिया को पुरानो चर्चित तथा धेरै पहिला देखि सकृय समाजसेवी हुनुहुन्छ ।कुनै पनि समस्या देख्ने र सुन्ने बितिकै पग्लि हाल्ने कमलको मनको धनि सबैको आंखामा, मनमा बस्ने मेहेनती हुनुहुन्छ ,भने धैरै राम्रो समाजसेवा गरे बापात दक्षिण कोरियान सरकारले मानार्थ सिटिजन सिपको उच्च सम्मानले पुरस्कृत हुने पहिलो नेपाली महिला पनि हुन।उहा महिलाहरूको साझ संस्थाको को सस्थापक अध्यक्ष मा पना सफल कार्यकाल निभाई सक्नु भएको छ।जुनुले एनआरएनए एनसिसी गठन भएका सबै देशमा महिला फोरम गठन गरीसकेको छन,भने एशिया प्यासिफिक क्षेत्रका कार्यक्रम हगंकग र म्यानमारमा महिला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको थियो ।महिलाहरुका आवाजहरुलाई सशक्त रुपमा उठाउनका लागि,आर्थिक तथा ब्याबसायिक बलियो बनाउनको लागी ,महिलाहरूको स्वास्थ्य शिक्षा,मा अझै सुधार गर्न, मजदुर मैत्री बनाउन, एशिया प्यासिफिक क्षेत्र र मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक दुःख हरू भएकोले ति समस्या हरूलाई समाधान गर्न लाई न्यूनिकरण गर्न लाई बिशेष पहल गर्ने छु। महिला फोरममा उम्मेदवारी दिने तयारी गरेको बताउनुभयो ।। एनआरएनमा सवै वर्गको प्रतिनिधित्व हुनुपर्नेमा जोड दिर्दै जुनुले विश्वभरिका अग्रज महिला दिदी बहिनी तथा अग्रज एनआरएन अभियन्ताको सल्लाह र सुझाव अनुसार आइसिसी महिला फोरममा जाने निर्णय गरेको समेत बताउनुभयो ।
एसियामा धेरै देशमा महिला फोरम गठनमा सफल भएको बताउँदै एसियामा महिला फोरम अभियानलाई सफल बनाएसँगै अब विश्वभरी महिलाहरुको सञ्जाललाई विस्तार गर्नु आफनो मुख्य एजेन्डा हुने उल्लेख गर्नुभयो । एनआरएएन भनेको सबैको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशिल र सबैको अपनत्व हुने गरि अगाडि बढाउन सबै क्षेत्रको प्रतिनिधित्व समेत सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । महिला दिदीबहिनीहरुको सबैको अवस्था एकै नभएको भन्दै आफू मध्य पूर्वमा रहनु भएका महिलाहरुको आवाजलाई पहिलो प्राथमिकता दिए अगाडि बढ्ने चर्चा गर्नुभयो । साथै, जुनु गुरुङले एसिया प्याशिफिकमा हरेक देशमा महिला फोरम सशत्त र सक्रिय बन्न सफल भएकोमा खुसी ब्यक्त गर्दै त्यसको लागि सबैमा आभार समेत प्रकट गर्नुभयो ।