हङकङ स्थित उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरद्वारा आयोजित सामुहिक ग्रह शान्ति ग्याब्शी पुजा भब्य रुपमा सुसम्पन्न भएको छ। सम्पूर्ण जगत कल्याण एवं ग्रह शान्ति गर्ने हेतुले हङकङ स्थित उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरद्वारा बार्षिक रूपमा आयोजना गर्दै आएको ग्याब्शी पुजा अर्थात (चतुर मार दमन पुजा) यसै वर्षको २२ दिसेम्बरको दिन हङकङ युन्लोङको मिउकोक स्थित बुद्ध विहारमा हङकङ उर्गेन दोर्जे क्षोलिङ बुद्धिस्ट सेन्टरका धर्मगुरु खेन्पो ङवाङ थेग्क्षोग रिन्पोक्षे ज्युको प्रमुख उपस्थितिमा स्थानीय लामा धर्मगुरुहरु, भिबिन्न संघ सस्थाको प्रतिनिधि तथा बिशिष्ट ब्यक्तित्व लगायत चिनिय भिक्षु भिक्षुनी समेत पुजामा सामेल रहेका थिए । साथै ग्याब्शी पूजालाई अनुसरण गर्दै आफ्ना दशा ग्रहलाई शान्त तुल्याउन भनी जोर्डन, वानचाई, चुनमुन, युन्लोङ लगाएत विभिन्न ठाउँबाट आएको श्रद्धालुजनहरुको बाक्लो उपस्थिति रहेको थियो भने स्थानीय चिनिय नागरिकहरूको पनि बाक्लो घुईचो देखिन्थ्यो । पूजामा उपास्थित भक्तजनहरूबाट पूजा सफल बनाउन चियापान, भोजन तथा पूजामा दान गर्ने मनकारी जिन्दगहरूको उल्लेखनीय उपस्थितिले गर्दा पूजा महोल नै निकै फरक देखिएको थियो । ग्याब्शी पुजा के हो र यो किन महत्त्वपूर्ण छ अनि यो पुजा गर्ने परम्परा कहिले देखि सुरु भएर आएको हो भन्ने विषयलाई संक्षिप्तमा बताउनु पर्दा। मानिसहरू आ-आफ्नो कुकर्म जन्म कुण्डली, सुर्य, चन्द्रमा र नक्षत्रको गति अनुसार जीवनमा धेरै प्रकरका विभिन्न बाधा र व्यवधानहरुको सामना गरिरहेका हुन्छन । मुलत हाम्रो जीवनको सबैभन्दा ठू्लो बाधाक भनेको चार मार नै हुन । जबसम्म मनुष्यले यी चार मारलाई निर्मुल पर्दैन जबसम्म चार मारबाट बिजय प्राप्ति गर्दैन तबसम्म जन्म जरा र मृत्यु जस्ता संसारिक दुखाको महाचक्रव्युहको बन्धनबाट मुक्त हुन सक्दैन । ती चार मारहरु के के हुन त? ती हुन क्लेशमार, स्कन्धमार, देवपुत्रमार र मृत्युमार । पहिलो क्लेशमार के हो त ? क्लेशमार भन्नले रिस, राग, मोह अहम र डह इत्यादिले भरिएको दुषित मन हो । जबसम्म हामी आफ्नो मनलाई नियन्त्रण गर्न सक्दैन यो मन क्लेशको वशमा हुन्छ तबसम्म सहि ढङ्गले पुण्य संचय गर्न सकिदैन तसर्थ यो ज्ञान प्राप्तिको निमित्त ठूलो बाधाक हो । दोश्रो स्कन्धमार भनेको बिनाशरुपी यो शरीर नै स्कन्धमार हो जबसम्म हामी क्लेशलाई पुर्ण रुपमा निवारण गर्दैनौ तबसम्म विभिन्न प्रकारको कुकर्म र कुसंस्कारहरु दोहोरी नै रहेका हुन्छन र त्यसकारण संसारमा फेरिफेरि जन्म लिई रहनु पर्छ र यो पाँच स्कन्धले भरिएको शरीर जबसम्म रहिरहन्छ तबसम्म जन्म, जरा, व्याधि अनि मृत्यु जस्ता दु:खवभोगिरहनु पर्दछ । तर्सथ निर्वाण र सम्यक सम्बोधि ज्ञान प्राप्त गर्नका लागि यो ठुलो बाधाक हो । तेस्रो देव पुत्रमार चहि ६ देवलोक मध्येको सबैभन्दा माथिल्लो स्थानमा रहेको देवता जसलाई परनिमित्त वसर्वाति (शेन्ठुलवाङजे) देवलोक भनिन्छ जस्ले सधैंभरि सदधर्मको मार्गमा लागेका व्यक्तिहरु माथि क्रोधीत भइ विभिन्न प्रकारबाट प्रहार गरिरहेका हुन्छन । चौथो मृत्युमार भन्नले मरण हुनु अर्थात प्राण जानु हो जुन प्राणीहरुको लागि अति नै महत्त्वपूर्ण र प्यारो छ । जुन अंग बिना प्राणीहरु कुनैपनि कर्मलाई सिद्ध गर्ने सक्दैन । उदाहरण हामीले यदि राम्रो कर्म गर्दागर्दै बीचैमा हाम्रो मृत्यु हुन पुग्यो भने हामीले आफ्नो ज्ञान प्राप्त गर्नबाट बन्चित हुन पुग्छौ । यो ज्ञान प्राप्तिको लागि ठूलो बाधाक हुनेछ । तसर्थ ती चार मारहरुबाट बाँच्नाका निमित्त ग्याब्शीनपुजा गर्ने गरेको पाईन्छ । यो परम्परा भगवान बुद्धको समयकाल देखि नै चलि आएको हो । उहिले एक समयमा देवराज ईण्द्र रोगले ग्रस्त भइ भगवान बुद्धको सामु गई बिन्ती बिसाउदा भगवानले चारमारले ग्रहण गरेको कुरा बुझ्नुभई ग्याब्शी क्षोका (चतुर मार दमन) को पुजा अनुष्ठान बिधिद्वारा देवईण्द्रलाई रोगबाट विमुख पर्नु भएको थियो । त्यसपछि गएर यो पूजा विधि आर्य नागार्जुनाले निधिको रुपमा लुकाई राख्नु भयो ।त्यसपछि आएर पाँच सय सिद्ध पण्डितहरुले त्यहाँबाट निकाली भारत बर्षमा प्रचलित हुदै भोटका बिद्वान सिद्धिगुरू नुप सङग्या येशेले यस ग्रन्थालय भोटमा लानु भई यसै बिधिको मध्यमद्वारा बहुसंख्यक प्राणीहरुको उद्धार गर्नु भएदेखि आज सम्म निरान्तररूपमा यस पूजाको मध्यमद्वारा ग्रह दशा स्वस्ति शान्ति गरिने पारम्परा रहि आएको छ ।