सभामुखका लागि उम्मेदवार चयनमा नेपाल कम्युनिष्ट पार्टीमा अझै कुरा मिल्न सकेको छैन । माघ ६ गते बोलाइएको प्रतिनिधिसभा बैठक अगावै सभामुखबारे निर्णय लिनुपर्नेमा नेकपा अध्यक्षद्वय नै छलफलमा नजुटेको बताइएको छ ।
अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्कमल दाहालबीच आइतबारदेखि संवादहीनको अवस्था रहेको नेकपाका नेताहरुले नै बताएका छन् । अध्यक्ष दाहाल सहितका सचिवालय सदस्यहरु वामदेव गौतमको निवासमा भेला भएपछि ओली रुष्ट बनेको बताइएको छ ।
सभामुख पूर्वएमालेले लिने वा पूर्व माओवादीको भागमा पर्ने भन्नेमा विवाद कायमै रहेको छ । यता, उपसभामुख शिवमाया तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार नटुंगिएसम्म राजीनामा नदिने अडान राख्दै आउनुभएको छ ।