काठमाडौं – अभिनेता गौरव पहारी अभिनित चलचित्र ‘साईली’ युट्युबमा सार्वजनिक भएको छ । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘साईली’ मंगलबार युट्युबमा सार्वजनिक भएको हो ।
यो समाचार तयार पार्दासम्म यस चलचित्रलाई २ लाख बढीले हेरिसकेका छन् । चलचित्रमा माया प्रेम, परिवारमा गरिबीले उत्पन्न हुने समस्यालाई देखाउन खोजिएको छ ।
गएको बर्ष हलमा रिलिज भएको यस चलचित्रमा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।