काठमाडौं – गायक श्रेसन श्रेष्ठले नयाँ गीत बजारमा ल्याएका छन् । गायक श्रेष्ठले आफ्नो छोरा १ बर्ष पुगेको अबसर पारेर ‘बरदान’ बोलको गीत सार्वजनिक गरेका हुन् ।
छोरालाइ समर्पित गरेर लेखेको उक्त गीतमा एल्भिस जोशीको संगीत र जोबन भुजुको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा आफ्नी श्रीमती सृष्टि र छोरा श्रेयार्थ र आफु देखिएका छन् ।
भीडियोलाइ रोबिन श्रेष्ठले खिचेका हुन् । त्यस्तै भिडियोमा अनुप अधिकारीको सम्पादन र श्रेसनकै निर्देशन रहेको छ । श्रेसन श्रेष्ठको चौथो गीती संग्रह ‘सृष्टि’ मा यो गित समावेश गरिएको छ ।