लण्डन । शुक्रबार “तिमी र म” बाेलकाे म्यूजिक भिडियाे डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट दर्शक महानुभावहरू माझमा ल्याइएकाे छ । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको अती नै मिठो गीत “तिमी र म” डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव च्यानलबाट रिलिज भएकाे हाे ।
जीवनका पलहरुमा आफूले सोंचेको सपनाहरु सधैं पुरा नहुन पनि सक्छन्, आफूले बनाएको मित्रता अनि साथी अवस्य पनि मायामा परिणत हुने धेरै भनाईहरु छन् । तर केही परिस्थिति र समयको मागले मायाको यति ठूलो आशा र भरोशाहरु जिन्दगीको गोटोहरूमा निरासामा बदलिने चित्रण गरिएको उक्त म्यूजिक भिडियो डीजी प्रोडक्सन यूकेले बजारमा ल्याएको हो ।
यसको निर्माता श्रीमती अल्का गुरुङ हुन् । सो म्यूिजक भिडियोमा चर्तित नायक ध्रुव दत्त र मोडेल रिया लिम्बुले दमदार अभिनय गरेका छन् । सोही म्यूजिक भिडियोको निर्देशन बेलायतका चर्चित यूवा निर्देशक प्रभू गुरुङले गरेका छन् । भने क्यामरामा सुमन श्रेष्ठ, ईडिटर सुसिल गुरुङ, मेकप आर्टिस्ट पुष्पा गुरुङ साथै कलर ग्रेडिङमा नबिन निरौला रहेका छन् ।
उक्त म्यूजिक भिडियोको विश्व ब्यापी रुपमा नेपालका चर्तित टेलिभिजन प्राईम टाईम एजडी, सूर्योदय टीभी, ईमेज च्यानल, साथै एपी वानले विहिबार नै ग्राण्ड प्रिमियर गरेका हुन् । यो म्यूजिक भिडियो दर्शक साथै स्रोतामहानुभावहरु माज निकै लोकपृय हुने अशा गरिएको छ । भिडियाे हेर्न तलकाे लिंकमा क्लिक गर्नुस :