विवादको पर्यायवाची नाम भैसक्यो, गायक दुर्गेश थापा। कहिले आफ्नो गीत, त कहिले अन्तर्वार्ता विवाद उनकै पछि दौडिरहेको हुन्छ। उसो त यसले दुर्गेसलाई खासै प्रभाव पारेको हुदैन। अथवा भनौ यसले परेको प्रभाव उनि देखाउदैनन् । लामो समयको लकडाउन पछि बल्ल सार्वजनिक कार्यक्रम, कन्सर्ट र मेलामहोत्सव सुरु हुदैछन्। यहि मेसोमा दुर्गेस कार्यक्रमको लागी आसाम पुगे।
नेपाली भाषीको बाक्लो उपस्थिति रहेको भारतको आसममा उनले भव्य कार्यक्रम गरे। बाक्लो दर्शकको उपस्थितिको बिचमा उनले लिपुलेक र कालापानी नेपालको हो भनेर उद्घोष गर्दिए। उसो त प्रधानमन्त्री केपी शर्मा ओलीले केहि समय अगाडी लिपुलेक, कालापानी समाबेश भएको नक्सा नै सार्वजनिक गरेका थिए।
हाईहाई बटुलेका ओलीले नक्सामा मात्रै सिमित बनाएको उक्त भूभागको बारेमा अहिले त्यति बढी चर्चा हुदैन। तर भारतले पनि आफ्नो भुमि भनेर दावी गरिरहेको कालापानी र लिपुलेक नेपालको हो भनेर दुर्गेसले भारतीय भूमिमा गएर नै सार्वजनीक उद्घोष गरिदिए। यसले आसाम र आसपासका संचारमाध्यम र सामाजिक संजालमा तरंग नै पैदा गरेको छ।
नेपाली भाषी भारतीय संचारमाध्यमले भारतीय भूमिमा आएर भारतको भुमि नेपालको हो भनेर भन्नु लज्जास्पद भएको प्रतिक्रिया दिदै आएका छन्। भारतीय गोर्खाहरुले भारतीय भूमिमा नेपाली कलाकार बोलाएर नेपालको जयजयकार गराउनु कति उचित भनेर पनि प्रश्न उठाईएको छ।
यहि बिषयमा प्रतिक्रिया दिदै दुर्गेस भन्छन्,’ मैले मेरो गीतमा जे भाव छ त्यहि अनुसारको प्रस्तुती दिएको ह। फेरी संचारको जुनसुकै स्टेजमा चढेर पनि लेपुलेक र कालापानी नेपालको हो भन्न म हिचकिचाउदिन किनभने यो यथार्थ हो। ‘