काठमाडौं – हलिउडका चर्चित अभिनेता हुन् ड्वेन जोहन्सन अर्थात दि रक । पुर्व रेसलर समेत रहेका दि रक विश्वकै सबैभन्दा महँगा कलाकार पनि हुन् ।
हरेक बर्ष बढी पारिश्रमिक बुझ्ने कलाकारमा गनिने दि रकले नयाँ फिल्मको लागि महँगो पारिश्रमिक माग गरेका छन् ।बक्सअफिसमा धमाकेदार कमाई गरेका हलिउड फिल्म जुमान्जी बारे धेरैलाई थाहा नै छ ।
‘जुमान्जी : वेलकम टू द जंगल’ र ‘जुमान्जी : द नेक्स्ट लेभल’ ले पनि दर्शकको मन निकै जित्यो । अहिले जुमान्जी को चौथो सिरिज बन्ने तयारीमा छ । यसै फिल्मको लागि दि रकले ५ सय ५५ करोड पारिश्रमिक मागेको बताइएको छ ।
सन् २०२१ को डिसेम्बरमा रिलिज गर्ने तयारी गरिएको यस फिल्ममा दि रकलाई नै अफर गरिएको छ । यसअघिको दुई सिरिजमा उनले कूल २३.५ मिलियन डलर पारिश्रमिक बुझेका थिए ।