काठमाडौं – नेपाली चलचित्र ‘जानी नजानी’ मा मुख्य अभिनेत्रीको भूमिका निभाएकी निरिषा बस्नेत अहिले भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी छिन् ।
मुम्बइमा रहेर सिरियलमा काम गर्दा गर्दै नेपाली चलचित्रमा प्रवेश गरेकी उनले चलचित्र जानी नजानी बाट डेब्यु गरेकी हुन् । उनले भारतीय सिरियल ‘चन्द्र नन्दिनी’ मा पनि काम गरि सकेकी छिन् ।
केही समयअघि हिन्दी सिरियल ‘तेनाली रामा’ मा केमियो भूमिका निभाएकी उनी अहिले अर्को सिरियलमा खेल्न लागेकी छिन् । उनी अब सिरियल ‘अलादिन : नाम तो सुना होगा’ मा अभिनय गर्ने भएकी छिन् । यो सिरियल सोनी सब टिभीबाट प्रशारण हुनेछ ।
अहिले यस सिरियलको छायांकन भइरहेको बताइएको छ । सिरियलमा उनले नेगेटिभ रोलमा अभिनय गरेको बतायएको छ । यस सिरियलमा सिद्धार्थ निगम, आशी सिंह, स्मिता बन्सललगायतको अभिनय रहेको छ ।